सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको छ ।

यससँगै गगनकुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिले आधिकारिकता पाएको छ ।

ad

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय बदर गराई पाऊँ भन्ने मागसहित शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले रिट दायर गरेका थिए ।

सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार यस्तो आदेश जारी गरेको हो ।

बिहीबारदेखि नै शुरू भएको सुनुवाइ शुक्रबार सकिएर आदेश आएको हो ।