काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासमा भइरहेको छ। 

शुक्रबार रिट निवेदक पक्ष र विपक्षका वकिलहरूको बहस सकिएपछि जवाफी बहस सम्पन्न भएको छ। सर्वोच्च अदालतले आजै फैसला सुनाउने सम्भावना देखिएको छ। बिहीबारदेखि जारी सुनुवाइ शुक्रबार पनि निरन्तर भइरहेको छ।

ad

सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षको बहस सकिएकाले सम्भवत: शुक्रबार नै अन्तिम फैसला आउने अपेक्षा गरिएको छ। यससँगै कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक नेतृत्व तथा वैधानिकता विवाद टुंगिने सम्भावना बढेको छ।

विवादको पृष्ठभूमिमा गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोग, नेपाल को निर्णयविरुद्ध मुद्दा दायर गरिएको थियो। तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

अदालतको फैसलापछि कांग्रेसभित्रको नेतृत्व वैधानिकता विवाद कुन दिशामा जाने भन्नेबारे राजनीतिक वृत्तमा चासो बढेको छ।