
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुखडोलप्रसाद अर्यालसमक्ष १२ समितिका सभापतिहरूले सपथ ग्रहण गरेका हुन्।
सपथ कार्यक्रममा उपसभामुखरुवीकुमारी ठाकुर, कानुनमन्त्रीसोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्षलीलाकुमारी भण्डारीलगायत विभिन्न दलका नेताहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित सभापतिहरूमध्ये अर्थ समितिमाकृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमासुम्निमा उदास, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमारहवर अन्सारीर कानुन, न्याय तथा मानवअधिकार समितिमासमीक्षा बास्कोटाचयन भएका छन्।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिमाहरि ढकाल, सार्वजनिक लेखा समितिमाभरतबहादुर खड्का, महिला तथा सामाजिक मामिला समितिमाआकृति अवस्थी, पूर्वाधार विकास समितिमाआशिष गजुरेलर कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमाअशोक चौधरीसभापतिमा निर्वाचित भएका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्वओजस्वी शेरचनले सम्हालेका छन् भने संयुक्त संसदीय सुनुवाइ समितिमाबोधनारायण श्रेष्ठर राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन समितिमागणेश कार्कीसभापति बनेका छन्।
शिक्षा तथा निर्देशक समितिमा एकभन्दा बढी उम्मेदवार परेपछि ध्वनि मतबाट निर्णय गरिएको जनाइएको छ। सभापति चयनका लागि बसेका बैठकहरूमा सम्बन्धित समितिका ज्येष्ठ सदस्यले अध्यक्षता गरेका थिए।
निर्वाचित १२ सभापतिमध्ये अधिकांशराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका छन् भने सार्वजनिक लेखा समितिको नेतृत्व भनेनेपाली कांग्रेसका तर्फबाट चयन भएको छ।
नवनिर्वाचित सभापतिहरूले सपथपछि आफ्नो-आफ्नो समितिको कार्यभार पनि सम्हालेका छन्।










Facebook Comments