काठमाडौं । प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा आज सभापति चयन भएका छन् ।
प्रतिनिधि सभामा ९ र संयुक्त १ समितिमा सभापति निर्विरोध भए । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति चयन भएका हुन् ।
सबै समितिका आज बसेका बैठकमा सभापति छानिएका हुन् । प्रतिनिधि सभाका कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी निर्विरोध भएका छन् ।










Facebook Comments