
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।
समितिको सभापति पदमा खड्कालाई निर्वाचित गरियो भन्ने एक मात्रै प्रस्ताव परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। आज बसेको समिति बैठकले खड्कालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। उनको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए। सभापति पदका लागि कांग्रेस सांसद खड्काले बिहीबार मनोनयन दर्ता गराएका थिए।
सत्तारुढ दल रास्वपाले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दललाई सघाउने निर्णय गरेको थियो। खड्का डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्।










Facebook Comments