काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ३५ दिनभित्र ती सम्पत्ति फिर्ता गर्न सुचित गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिवि प्रशासन महाशाखाले उक्त अल्टिमेटम दिएको हो । जारी सूचनामा भनिएको छ–नेपाल सरकार र विभिन्न दाताहरूले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्तिहरू (प्रतिवेदन)मा उल्लेख भएका वा नभएका० यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरीरगराई आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ ।

ad

विश्वविद्यालयले तोकिएको समयसीमाभित्र जग्गा फिर्ता नगरेमा प्रचलित कानुन र नियम अनुसार कारबाही अगाडि बढाइने छ ।