काठमाडौं । प्रधानमन्त्री वालेन शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न उक्त भेटमा संघीय शासन प्रणालीको प्रभावकारिता बढाउने विषयमा केन्द्रित संवाद भएको बताइएको छ।

ad

छलफलका क्रममा प्रधानमन्त्री शाहले संघीय संरचनालाई व्यवहारिक रूपमा बलियो बनाउन आवश्यक सुधारहरू अघि बढाउने धारणा व्यक्त गरेका छन्। उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संघीयताको कार्यान्वयनमा देखिएका चुनौतीहरू समाधान गर्न कानुनी तथा नीतिगत तहमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ। 

साथै, सेवा प्रवाहलाई छिटो, प्रभावकारी र जनमुखी बनाउन सहकार्यको खाँचो औंल्याइएको छ।