काठमाडौं । उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति रहबर अन्सारी बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल बैठकले अन्सारीलाई उद्योग समिति सभापतिको जिम्मेवारी दिएको हो । 

ad

संसदीय दल नेता बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेले संसदीय समिति सभापतिका उमेदवार प्रस्ताव गरेका थिए । सो प्रस्तावमा मनिषको नाम पनि प्रस्ताव गरिएको थियो । 

तर, मनिषले आफू संसदीय समिति सभापति उमेदवार नहुने जानकारी गराएपछि अन्सारी समिति सभापति बनेका हुन् ।