
काठमाडौं । सत्तारुढ रास्वपाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । अरू समिति सभापति पदमा रास्वपाबाट उम्मेदवार रहनेछन्।
यसैबीच नेकपा एमाले र नेकपाले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने भएका छन्।










Facebook Comments