काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा बहस सुरु भएको छ। 


विशेष महाधिवेशनले चयन गरेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध पूर्व सभापति शेरबहादुर देउवा पक्षले दायर गएको रिटमाथि बहस सुरु भएको हो। सर्वोच्च अदालतका न्यायधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा अहिले बहस चलिरहेको छ। 

ad

आज रिट निवेदक शेरबहादुर देउवासमेतको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस हुने छ। भोलि  कांग्रेस सभापति गगन थापा समेतको तर्फबाट कानुन व्यावसायीले बहस गर्ने कार्यतालिका छ । 

यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो।


प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।