
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल र प्रसिद्ध कफी चेन हिमालयन जाभा कफीबीच ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा साझेदारी भएको छ ।
नयाँ वर्ष २०८३ देखि लागू हुने गरी सुरु भएको यस अफरअन्तर्गत एनसेलका ग्राहकले देशभरका हिमालयन जाभा आउटलेटहरूमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा आकर्षक छुट पाउनेछन् ।
हालै भएको सम्झौता अनुसार, ४९९ रूपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने एनसेल ग्राहकले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क पाउनेछन् । साथै, तेस्रो कप कफीको खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा र एनसेल प्रयोग गर्ने पर्यटकहरूका लागि पनि विशेष सुविधा ल्याइएको छ । ९९ रूपैयाँ वा सोभन्दा माथिको प्याक प्रयोग गर्ने यी वर्गका ग्राहकले हिमालयन जाभाका सबै खानेकुरा र पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । अन्य साधारण ग्राहकहरू ९९९ रूपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान भएका० का लागि १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
साझेदारीबारे बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘हिमालयन जाभासँगको यो सहकार्यमार्फत हामी हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकाली एक(अर्कासँग जोडिन र खुसी साट्न थप कारण दिइरहेका छौं ।’ यस्तै, हिमालयन जाभाका संस्थापक आनन्द गुरुङले पनि एनसेलसँगको यो सहकार्यले कफी प्रेमीहरूलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
यो छुट सुविधा लिनका लागि ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भीसेस’ भित्र गएर ‘हिमालयन जाभा कफी’ छनोट गरी आफ्नो योग्यता जाँच्नुपर्ने हुन्छ । अर्डर दिने बेला ग्राहकले एनसेल एपको ‘लाइभ’ स्क्रिन देखाउनुपर्नेछ । यसमा स्क्रीनसट भने मान्य हुने छैन ।
यो योजना प्याक सक्रिय रहेको अवधिभर पटक(पटक प्रयोग गर्न सकिने र एउटा बिलमा ग्राहकको योग्यता अनुसारको सबैभन्दा धेरै छुट स्वतः लागू हुने कम्पनीले जनाएको छ ।










Facebook Comments