नेपाली कांग्रेसले विभिन्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका लागि नयाँ समिति गठन गरेको छ।

सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता तथा संवाद समिति बनाउने निर्णय गरेको हो।

ad

प्रवक्ता देवराज चालिसेका अनुसार उक्त समितिले संसदभित्र र बाहिर रहेका दलहरूसँग निरन्तर संवाद अघि बढाउने जिम्मेवारी पाउनेछ।

कांग्रेसले समसामयिक राजनीतिक परिस्थिति मध्यनजर गर्दै अन्तरदलीय सहकार्यलाई प्रभावकारी बनाउन यो समिति गठन गरेको जनाएको छ।