
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत ९३ जना प्रतिवादी रहेको मुद्दामा विशेष अदालत, काठमाडौंले बहस नोट पेश गर्न निर्देशन दिएको छ।
बुधबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेकाले दुवै पक्षलाई आफ्नो बहस नोट बुझाउन आदेश दिएको हो।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। आयोगले प्रतिवादीहरूसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुल गर्न र कानुनी सजाय माग गरेको छ।
अख्तियारको दाबी अनुसार २०६६ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न अनुमति दिएको थियो। साथै, त्यसअघि २०६६ माघ १८ गतेको मन्त्रिपरिषद् बैठकले सोही विषयमा अनुमति नदिएको निर्णय गरेको समेत उल्लेख गरिएको छ।










Facebook Comments