
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ ।
आममाफी दिएकोमा नेपाल सरकारले यूएईप्रति कृतज्ञता प्रकट गरेको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।'
यूएईको अबुधाबीस्थित नेपाल दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि १२८ नेपाली कैदीलाई माफी दिइएको परराष्ट्रले बताएको छ ।









Facebook Comments