
काठमाडौँ– बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले नेकपा (एमाले) नेतृत्वको सरकारले सुरु गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा सगरमाथा संवादलाई जलवायु परिवर्तन र हिमालय सम्बन्धी मुद्दामा नेपाललाई विश्वमञ्चमा नेतृत्वदायी बनाउने उद्देश्यका साथ अघि बढाउने स्पष्ट उल्लेख गरिएको छ। प्रतिबद्धतापत्रको १४ औं बुँदामा यस कार्यक्रमलाई निरन्तरता दिने कुरा उल्लेख छ।
सगरमाथा संवाद सन् २०१९ मा नेपाल सरकारद्वारा सुरु गरिएको बहुपक्षीय विश्वव्यापी संवाद मञ्च हो। यसको मुख्य उद्देश्य जलवायु परिवर्तनले हिमाली क्षेत्र र विश्वव्यापी वातावरणमा पार्ने प्रभावबारे ध्यानाकर्षण गराउनु हो। यसमा विश्वभरका राष्ट्रप्रमुख, सरकार प्रमुख, वातावरणविद्, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर छलफल गराइन्छ।
पहिलो संस्करण गत जेठमा सम्पन्न भइसकेको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।










Facebook Comments