काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको निष्कर्ष निकालेको छ।

चैत १९ गतेदेखि सुरु भएको केन्द्रीय कार्य संयोजन समितिको पहिलो बैठकमा अधिकांश नेताहरूले कम्युनिष्ट धारका दलहरूबीच एकतामा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन्। बैठकमा सहभागी ४५ सदस्यीय समितिमध्ये ४१ जनाले आ–आफ्नो धारणा राख्दै वाम एकताको आवश्यकता औंल्याएका छन्।

ad

बैठकमा बोल्ने नेताहरूले मुलुक जटिल भूराजनीतिक परिस्थितितर्फ उन्मुख भइरहेको उल्लेख गर्दै संविधान र वामपन्थी आन्दोलनको संरक्षणका लागि एकीकृत पहल आवश्यक रहेको बताएका छन्। नेताजगन्नाथ खतिवडाका अनुसार अधिकांश सदस्यले असंलग्न नीतिमा रहेको नेपाल बाह्य स्वार्थको दबाबमा पर्न सक्ने जोखिम बढेको भन्दै एकताको माध्यमबाट राष्ट्रिय हित जोगाउनुपर्नेमा जोड दिएका छन्।

उनले भने, “देश, संविधान र वामपन्थी शक्तिको रक्षा गर्न अब साझा धारणा र सहकार्य अपरिहार्य देखिएको छ।”

बैठकको आगामी चरण वैशाख ३ गते बस्ने तय गरिएको छ। सो बैठकमा संयोजकपुष्पकमल दाहालर सह–संयोजकमाधवकुमार नेपालले धारणा राखेपछि थप निष्कर्ष सार्वजनिक गरिने जनाइएको छ।