
काठमाडौं । नेपाली कांग्रेसले आगामी बुधबार कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ ।
दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने कांग्रेसका एक नेताले जानकारी दिए । त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।










Facebook Comments