काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएकोले क्रियाशील सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका छन् ।


कार्यवाहक सभापतिको हैसियतमा आज विज्ञप्ति जारी गर्दै खड्काले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु वदनियतपूर्ण भएको पनि बताए ।

ad

‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन,’ उनले भनेका छन् ।