
काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूले आइतबार सम्पत्ति विवरण सार्वजनिक भएपछि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले मन्त्रीहरुमाथि व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा स्टाटस् लेखेका छन् ।
बास्कोटाले देश ‘लङ्का’ बनिसकेको टिप्पणी गर्दै पहाडका डाँडामा लालीगुराँस फुल्ने समयमा मन्त्रीहरूका खेतबारीमा भने ‘पहेँलपुर सुनको तोरी’ फुलेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भो। देश लङ्का बनिसकेछ,डाँडाभरि लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।संवृद्धि आएछ (सुशासन त्यहीबाट आरम्भ भई हाल्छ।म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे,त्यो दूर भएछ(झिक्कै झिक्कै मया तम्लाई !’










Facebook Comments