
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिलामा नलागी महाधिवेशनको तयारीमा जुट्न पूर्व संस्थापन पक्षधरलाई आग्रह गरेका छन्।
आइतबार निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई समेत महाधिवेशनमै लिएर जान आग्रह गरे।
‘यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,’ उनले भने, ‘महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ । म साथीहरूलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।’
महामन्त्री पौडेलले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै यसैले कांग्रेसमा नयाँ ऊर्जा र गति दिने बताए।










Facebook Comments