काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसलेको ९२ बर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। 

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । 

ad

८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। आशा भोस्ले भारतीय संगीत उद्योगकी सबभन्दा प्रतिष्ठित पाश्र्वगायिकामध्ये एक मानिन्छिन्। उनले दशकौंसम्म हिन्दी चलचित्र संगीतमा आफ्नो सशक्त उपस्थिति जनाउँदै हजारौं गीत गाएकी थिइन्। आशा भोस्लेले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्। 

उनको अन्तिम संस्कार सोमबार गरिने जनाइएको छ।