काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहितका नेताहरूलाई अपमानजनक र अश्लील गालीगलौज गर्दै सामग्री प्रसारण गरेको आरोपमा एक युवकलाई प्रहरीले पाँचथरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल छन् । उनलाई चैत २६ गते बेलुका पक्राउ गरिएको हो ।

ad

पोखरेलले आफ्नो युट्युब च्यानलमार्फत प्रधानमन्त्रीसहितका नेताहरूमाथि अपशब्द बोल्दै सामग्री प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।