
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेताझलनाथ खनालले नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओलीर पूर्व गृहमन्त्रीरमेश लेखकको पक्राउ प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले उक्त पक्राउ कानुनी र प्रक्रियागत मापदण्ड विपरीत भएको टिप्पणी गरेका हुन्।
शुक्रबारपेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमन्वय समितिको बैठकमा बोल्दै खनालले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा कदम चाल्न थाले खण्डमा त्यसको कडा प्रतिकार गरिने चेतावनी दिए।
“राजनीतिक प्रतिशोधका आधारमा कुनै पनि कारबाही अघि बढाइन्छ भने हाम्रो पार्टी त्यसको दृढतापूर्वक प्रतिरोध गर्छ,” उनले भने, “ओली र लेखकको पक्राउ विधि, सामान्य प्रक्रिया र कानुन सबैको विपरीत थियो, तर त्यसलाई सामान्य बनाउने प्रयास गरियो।”
खनालले सम्पत्ति छानबिनको विषयमा पनि खुला धारणा राख्दै आफ्नो पार्टीका सबै नेता अनुसन्धानका लागि तयार रहेको बताए। उनले छानबिनको दायरा सीमित नगरी ऐतिहासिक रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए।
“हामी सम्पत्ति छानबिनबाट भाग्ने पक्षमा छैनौं,” उनले भने, “२०४६ सालपछि मात्र होइन, २००७ सालदेखि नै गलत तरिकाले आर्जन गरिएको सम्पत्तिको निष्पक्ष छानबिन हुनुपर्छ।”
त्यस्तै, बैठकमा नेतादेवेन्द्र पौडेलले ‘पुराना दलहरूले केही पनि गरेनन्’ भन्ने धारणा गलत रहेको टिप्पणी गरे। उनले विगतका सरकारहरूले संविधान निर्माणदेखि सुशासनसम्म विभिन्न क्षेत्रमा योगदान दिएको उल्लेख गरे।
“देश कुनै फिल्मजस्तो एकैपटक परिवर्तन हुँदैन,” उनले भने, “पुराना दलहरूले पनि महत्वपूर्ण काम गरेका छन्, कमजोरीहरू भए पनि विगतमा कारबाहीका उदाहरण छन्। त्यसैले अहिले नै पुराना र नयाँबीच तुलना गरेर निष्कर्ष निकाल्ने समय आएको छैन।”
खनाल र पौडेलका अभिव्यक्तिले पछिल्लो राजनीतिक घटनाक्रमप्रति सत्ता र प्रतिपक्षबीच बढ्दो अविश्वास र तनावलाई थप उजागर गरेको छ।









Facebook Comments