
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज २ मन्त्री नियुक्त गरेका छन् । रिक्त रहेका दुई मन्त्रालयमा शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका छन्।
दीपक साहलाई हिजो पदमुक्त गरिएपछि रिक्त रहेको श्रम, रोजागार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ । त्यस्तै शुरुदेखि नै प्रधानमन्त्री शाहले नै सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी भने गौरी कुमारी यादवलाई दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रामजी सप्तरी– २ बाट र गौरी महोत्तरी– ४ बाट निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।









Facebook Comments