काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’ भएको टिप्पणी गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्– पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म नियन्त्रणमा राखिएको छ । 

ad

“गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु,” उनले लेखेका छन् । उनले आफू कानुनको पालना र न्यायमा विश्वास गर्ने  उल्लेख गर्दै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने जनाए ।