
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ । यसअघि उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आयोगमा छ जना सदस्य नियुक्त गरेको हो ।
सदस्यमा अर्जुनजंग थापा, डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, डा. सुदन झा र डा. पुकार मल्ल हुन् । थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।
त्यस्तै गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’का सिनियर फेलो हुन् भने अर्याल शिक्षाविद् हुन् । झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन् ।









Facebook Comments