
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले फागुन २१ को चुनावी परिणामपछि केही मान्छे उन्मत्त भएको टिप्पणी गरेका छन्।
चुनावी परिणामपछि केही मान्छे भने मानिलिऊ सर्वस्व नै गुमिसकेको झैँ गरेर निराश भएको उनको भनाइ छ। उनले भनेका छन्, ‘चुनावी परिणामपछि केही मान्छे उन्मत्त जस्ता देखिँदै छन्, मानिलिऊ उनीहरू दिग्विजयी भइसके । केही मान्छे विक्षिप्त जस्ता देखिन्छन्, मानिलिऊँ उनीहरूको सर्वस्वनै गुमिसक्यो र निराशाका आँसु झारिरहेका छन् ।’
वर्ग सङ्घर्ष, राजनीतिक सङ्घर्ष र नयाँ सभ्यता सङ्घर्षमा यस्ता सयौँ मोर्चा, झडप, हन्डर बेहोरेर मात्र लक्ष्य प्राप्त हुन्छ भन्ने कुरा बुझ्नुपर्ने बताए।
उनले थपेका छन्, ‘हामीले आफ्नो जीवन महान् साम्यवादी लक्ष्य र आदर्शका लागि समर्पित गरेका छौँ/गर्दैछौं। यात्रा भीषण आँधीबेहरीबाट गुज्रिनेछ । तर केही फिक्री छैन । नदीको उर्लिँदो गतिजस्तो क्रान्ति बढिरहनेछ ।’









Facebook Comments