
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उनलाई सचेत गराउने निर्णय गरेको छ।
श्रममन्त्री दीपक साहलाई पदबाट बर्खास्त गर्ने निर्णयसँगै सोही प्रकरणमा जोडिएको भन्दै रास्वपाले स्वास्थ्यमन्त्री मेहताको जिम्मेवारीबारे प्रश्न उठाएको हो। साहले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा सदस्यका रूपमा पुनर्नियुक्ति गरेको विषय विवादमा आएपछि उक्त निर्णय गरिएको बताइएको छ।
रास्वपा सभापति रवि लामिछानेले उक्त घटनामा सम्बन्धित मन्त्रालयले अपेक्षित सतर्कता नदेखाएको ठहर गर्दै स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको पत्रमा मन्त्रालयस्तरबाट आवश्यक गम्भीरता नदेखिएको उल्लेख गरिएको छ।
यस घटनाले सरकारभित्र नै जिम्मेवारी र निगरानीसम्बन्धी विषयमा बहस चर्किने संकेत देखिएको छ।










Facebook Comments