
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई समर्थन गर्ने भएको छ। रास्वपा नेता मनीष झाले यसबारे जानकारी दिएका हुन् । श्रम संस्कृति पार्टीले उपसभामुखमा रुवि ठाकुरलाई अघि सारेको छ ।
यसअघि कांग्रेस र एमाले दुवैले रुवि ठाकुरलाई समर्थन गर्ने सल्लाह भएको नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले बताएका थिए । यससँगैउपसभामुख पद मधेश प्रदेशले पाउने निश्चितजस्तै भएको छ ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आफ्नै उम्मेदवार उठाएको छ। राप्रपाबाट सरस्वती लामा उम्मेदवार बनेकी छन्। उनी राप्रपाका पुराना नेता बुद्धिमान तामाङकी श्रीमती हुन्। लामाको प्रस्तावकमा ज्ञानेन्द्र शाही र समर्थकका रूपमा खुश्बु ओलीलगायत छन् ।
राप्रपाले पनि फिर्ता लिएमा उपसभामुख पद निर्विरोध निर्वाचित हुन सक्ने सम्भावना छ ।
संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीबाट बन्न नमिल्ने प्रावधान भएका कारण रास्वपाले पनि अर्को दललाई समर्थन गर्नुपर्ने भएको हो ।










Facebook Comments