काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएको १४ दिनपछि आजै दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्।

मन्त्री साह विभिन्न बिषयमा विवादमा परेपछि असन्तुष्ट रहेका प्रधानमन्त्री साहले उनलाई हटाएर नयाँ मन्त्री बनाउने तयारी गरेको समाचारस्रोतले जानकारी दिएको छ । 

ad

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित भएका थिए। श्रममन्त्री साहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काएपछि उनको आलोचना हुँदै आएको छ । २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए। तर, बैठकमा लगातार अनुपस्थित भएपछि बोर्डले उनलाई निलम्बनका लागि पत्र पठाएको थियो। पछि साह मन्त्री नियुक्त भएपछि श्रेष्ठ पुनः बोर्डमा फर्किएकी थिइन् ।