काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने बताएका छन् ।

मधेस प्रदेशको जनकपुरधाममा बुधबार आयोजित चुनावी समीक्षामा बोल्दै सभापति थापाले कम संख्या भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ बनाइने स्पष्ट पारे । उनले एउटा चुनावको पराजयबाट आफू नडराउने र नआत्तिने पनि बताए । ‘म नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हो, एउटा चुनावको जय वा पराजयबाट डराउने वा आत्तिने होइन,’ सभापति थापाले भने।

ad

उनले वैशाख १ गते आफूले काठमाडौं महानगर वडा नम्बर ३० को कार्यसमितिबाट क्रियाशील सदस्यता नवीकरण गर्ने पनि जानकारी दिए । ‘हामीले केन्द्रीय समितिबाट सबैको क्रियाशील सदस्यता खारेज गरेका छौं, अहिले क्रियाशील सदस्यता छैन, ‘अब वैशाखदेखि फेरि नवीकरण र वितरण हुन्छ, सभापति थापाले भने । 

‘अब संख्या वा क्रियाशील सदस्यको भिड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ। पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ,’ उनले भने।