
काठमाडौं । सीजीले नयाँ वर्ष २०८३ को अवसरमा साना घरायसी उपकरण श्रेणीअन्तर्गत ‘एक्सपिरियन्स लाइफ विथ सिजीः भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियान सार्वजनिक गरेको छ ।
दैनिक जीवनलाई सहज, स्मार्ट र आरामदायी बनाउने उद्देश्यका साथ सीजीले आफ्ना आधुनिक साना घरायसी उपकरणहरूलाई आकर्षक अफर र उपहारहरूमार्फत उपभोक्तामाझ प्रस्तुत गरेको हो ।
यस विशेष योजनाअन्तर्गत ग्राहकलाई सीजीका विभिन्न साना घरायसी उपकरणहरू खरिद गर्दा प्रत्येक १५ दिनमा ‘५ वटा उत्पादनको सेट’ क्यूआर कोड स्क्यान गरी जित्ने विशेष अवसर उपलब्ध गराइएको छ ।
यस अभियानको मुख्य आकर्षणका रूपमा बम्पर उपहार राखिएको छ । जसमा भाग्यशाली विजेताले विश्वप्रसिद्ध मेघौली सराहीमा लक्जरी बसाइँ तथा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् । ग्राहकहरूले सामान खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै र पारदर्शी रूपमा यस योजनामा सहभागी हुन सक्नेछन् ।
योजनामा सहभागी हुन इच्छुक ग्राहकले देशभर रहेका २१ वटा आधुनिक सीजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट डब्लूडब्लूडब्लू डट सिजीडिजिटल डट कम डट एनपी तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सीजीका साना घरायसी उपकरण खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।










Facebook Comments