
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार तोकेका छन्।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा अर्यालले चैत २७ गतेका लागि उपसभामुखको निर्वाचन तोकेका हुन्।
रास्वपाबाट सभामुख भएपछि उपसभामुख अन्य दलको र फरक लिंगको हुनुपर्ने प्रावधान छ। त्यसैले अहिले रास्वपाले जुन दललाई सहयाेग गर्यो सोही दलले उपसभामख बन्ने देखिन्छ।
सभामुखका लागि नेपाली कांग्रेस नेकपा, श्रम संस्कृति पार्टी, राप्रपालगायतले दाबी गर्दै आएका छन्।










Facebook Comments