
काठमाडौं । सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो ‘एपाक आईपीभी सिक्स काउन्सिल मीट’ आयोजना हुने भएको छ ।
नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सुबिसुको आयोजनामा अन्तर्राष्ट्रियस्तरको यो महत्त्वपूर्ण सम्मेलन यही अप्रिल ९ र १० सन् २०२६ मा काठमाडौंको होटल र्याडिसनमा हुनेछ ।
नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना हुनुलाई सरकारको ुडिजिटल नेपालु अभियानलाई तीव्र गतिमा साकार पार्न महत्त्वपूर्ण कदमका रूपमा लिइएको जनाइएको छ । सम्मेलनले नेपाललाई एसिया(प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्ने जनाइएको छ ।
सम्मेलनले फाइभजी, स्मार्ट शहरहरू र ठूला(ठूला औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिहरूका लागि आवश्यक असीमित ठेगाना आईपीभी सिक्सले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट गर्ने तथा छलफल गर्नेछ । यसले नेटवर्कहरूमा बढ्दो साइबर खतराको बारेमा पनि ध्यानाकर्षण गराउनेछ ।
आयोजकका अनुसार यस वर्षको सम्मेलन विशेषगरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा आईपीभी सिक्सको व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ । विश्वभरका संस्थाहरू क्लाउड(आधारित, सफ्टवेयर(निर्धारित तथा सुरक्षित नेटवर्क वातावरणतर्फ अघि बढिरहेको वर्तमान सन्दर्भमा आईपीभी सिक्सको प्रयोग प्राविधिक सुधार मात्र नभई रणनीतिक आवश्यकता बनिसकेको कम्पनीले जनाएको छ ।
यो दुईदिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय किनोट स्पिकरहरू एवं विभिन्न क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनले सहभागीहरूलाई ज्ञान आदानप्रदान, विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया र क्षमता अभिवृद्धिको उत्कृष्ट अवसर प्रदान गर्नेछ ।
सुबिसुका प्रमुख कार्यकारी अधिकृत बिनयमोहन साउदले भने, ‘यो सम्मेलनले संस्थाहरूलाई भविष्यका लागि सक्षम र सुरक्षित नेटवर्क पूर्वाधार निर्माण गर्न सही मार्गदर्शन गर्नेछ । सहभागीहरूले अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक विशेषज्ञता हासिल गर्ने अवसर पाउनेछन् । यसले आगामी दिनमा नेपालले अवलम्बन गर्ने नयाँ नेटवर्क नीतिहरूमा समेत सहयोग पुर्याउनेछ ।’










Facebook Comments