
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नेपालका विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने कानुनी व्यवस्थाबारे पुनर्विचार गरिने बताएका छन् ।
मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘विश्वविद्यालयमा बढ्दो राजनीतिकरण अन्त्य गर्न आवश्यक छ । त्यसका लागि कुलपति र सहकुलपति प्रधानमन्त्री र शिक्षामन्त्री हुने व्यवस्था पुनर्विचार गर्छौं,’ उनले भने ।
यस्तै विश्वविद्यालयभित्रका विद्यार्थी संगठन खारेज गर्ने पूर्ववर्ती सरकारको निर्णयबारे अहिलेको सरकार प्रतिबद्ध रहेको उनले बताए ।
मन्त्री पोखरेलले प्राज्ञिक विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीलाई सरकारको गति र सय दिने कार्यसूचीअनुसार काम गर्न निर्देशन दिए ।










Facebook Comments