
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचन समीक्षाका लागि सातै प्रदेश पुग्ने भएका छन् ।
उनले प्रदेश सभापति, प्रतिनिधि सभाका उमेदवार, प्रदेशसभाका सांसदसँग छलफल गर्ने प्रवक्ता देवराज चालिसेले बताए ।
'सभापति पार्टी सुदृढीकरण र पार्टीलाई ऊर्जाशील बनाउने अभियान लिएर प्रदेशमा जाँदै हुनुहुन्छ,' चालिसेले भने । अभियानअन्तर्गत थापा बुधबार जनकपुर पुग्ने उनले बताए ।
पार्टीको निर्वाचन परिणाम १५औँ महाधिवेशन तयारीलगायत विषयमा छलफलका लागि थापा सातै प्रदेश जाने भएका हुन् ।









Facebook Comments