काठमाडौं । काठमाडौंस्थितअमेरिकी दूतावास काठमाडौंले ‘युवा परिषद् नेपाल (युएसवाइसी) २०२६’ सत्रका लागि आवेदन आह्वान गरेको छ। २० देखि ३० वर्ष उमेर समूहका विद्यार्थी तथा करिअरको प्रारम्भिक चरणमा रहेका युवालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

‘स्किल, बिल्ड, लन्च’ नारासहित सञ्चालन हुने उक्त कार्यक्रममार्फत युवाहरूको नेतृत्व क्षमता विकास, व्यावहारिक सीप अभिवृद्धि र पेशागत दक्षता बढाउने लक्ष्य राखिएको दूतावासले जनाएको छ। कार्यक्रममा सहभागी हुने युवालाई व्यवसायिक सञ्चार, डिजिटल मार्केटिङ, व्यक्तिगत ब्रान्डिङ, रोजगारी खोज रणनीति, लिंक्डइन प्रोफाइल सुधार तथा एआईको प्रयोगमार्फत बायोडाटा तयार गर्ने जस्ता विषयमा तालिम प्रदान गरिनेछ।

ad

दूतावासका अनुसार विगत १४ वर्षदेखि सञ्चालन हुँदै आएको यस पहलमार्फत देशभरका ७०० भन्दा बढी युवाहरू लाभान्वित भइसकेका छन्। कार्यक्रमले सहभागीलाई पेशागत सञ्जाल विस्तार गर्न, उद्योग क्षेत्रका विज्ञहरूसँग सहकार्य गर्न र समाजमा सकारात्मक योगदान दिन प्रोत्साहित गर्ने विश्वास लिइएको छ।

इच्छुक युवाहरूले २०२६ मे ५ भित्रYouth Council Nepal (USYC)को आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।