काठमाडौं । सिद्धार्थ बैंक र नेपाल इन्टरनेस्नल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिब प्रयोग गरीे भुक्तानी गर्दा ५०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ad

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्नेछन् ।