
काठमाडौँ । लामो समयको अन्तरालपछि चर्चित गायिका इन्दिरा जोशीको स्वरमा सजिएको नयाँ आधुनिक गीत “यो शहरमा” हालै सार्वजनिक भएको छ।
उक्त गीतका गीतकार सानुभाइ खड्काको अफिसियल युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो ।
यस गीतमा वरिष्ठ संगीतकार राजनराज शिवाकोटीले संगीत दिएका छन् भने संगीत संयोजन बिजेश्वरराज तण्डुकारले गरेका छन्।
गीतको भिडियोमा अस्मिता जुरेली, जुनु कार्की र सौर्य तिरुवा को आकर्षक नृत्य प्रस्तुत गरिएको छ। भिडियो निर्देशन तथा कोरियोग्राफी केशवराज भट्टले गरेका छन्।
गायिका जोशीको स्वरमा आधुनिक नृत्यशैलीमा आएको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षको छ ।









Facebook Comments