
काठमाडौं । सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले राजदूत फिर्ता बोलाउने निर्णय भएको पुष्टि गरेका छन् । उनले फिर्ता बोलाइएका राजदूतहरुलाई एक महिनाभित्र फर्किन सोमबार पत्राचार गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), पुर्णबहादुर नेपाली (श्रीलंका), शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), सुम्निमा तुलाधार (डेनमार्क) र कपिल श्रेष्ठ (साउथ अफ्रिका)लाई फिर्ता बोलाएको हो ।










Facebook Comments