काठमाडौँ । सञ्चारकर्मी जीपी तिमल्सिना विरुद्ध उनकी पूर्वपत्नी उषा खड्गी ले प्रहरीमा जाहेरी दिएकी छन्। खड्गीले भक्तपुर प्रहरी परिसरमा सोमबार उजुरी दर्ताका लागि निवेदन पेस गरेकी हुन्।

भक्तपुर प्रहरीका डीएसपी प्रकाश गजेबु ले जाहेरी प्राप्त भएको पुष्टि गर्दै औपचारिक दर्ता भने मंगलबार गरिने जानकारी दिएका छन्। उनका अनुसार उजुरी अभद्र व्यवहारसम्बन्धी कसुरमा आधारित छ।

ad

प्रहरीका अनुसार खड्गीले पूर्वश्रीमान् तिमल्सिनाबाट गालीगलौज र दुर्व्यवहार भएको दाबी गर्दै सुरक्षा माग गरेकी छन्। यसअघि उनले सामाजिक सञ्जालमार्फत पनि यस्तो आरोप सार्वजनिक रूपमा उठाएकी थिइन्।

पूर्व मिस नेपालसमेत रहेकी खड्गी र तिमल्सिनाबीच वैवाहिक सम्बन्ध विच्छेद भइसकेको भए पनि हालसम्म एउटै घरमा बस्दै आएको बताइएको छ।

प्रहरीले उजुरी दर्तापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।