काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् । 

आज बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

ad


भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।