काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई प्रहरीले पाँच दिन थुनामा राख्ने अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सागरलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

ad

सागरलाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको छ। सागरमाथि अमेरिका बस्ने एक युवतीले आफूमाथि बलात्कारको आरोप लगाएकी छिन् । 

उनीविरुद्ध युवतीले बलात्कारको जाहेरी दिएपछि प्रहरीले उक्त मुद्दामा पनि अनुसन्धान गर्नेछ ।