काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ ।
कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आइतबार सुनुवाइ नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने टिचिङ अस्पतालमा उपचाररत ओलीलाई भने भर्चुअल विधिबाट उपस्थित गराइएको थियो ।
ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वकाे जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका ओली र लेखकलाई जिल्ला अदालतबाट पहिलोपटक ५ दिन र दोस्रोपटक २ दिन म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आयोगको प्रतिवेदनअनुसार आन्दोलनमा किशोरकिशोरीको ज्यान जाने गरी हेलचेक्र्याइँ गरेको अभियोगमा ओली र लेखक पक्राउ परेका हुन् ।










Facebook Comments