काठमाडौं । सरकारले हप्ताको २ दिन सार्वजनिक बिदा दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थको आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा २ दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । 

ad

बैठकले शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।