काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी काम गर्ने बताएका छन् । 


सभामुख निर्वाचित भएलगत्तै संघीय संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदको सम्मान हुनेगरी आफू अघि बढ्ने पनि बताए । उनले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि जनाएका छन् । 

ad