काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले अनपेक्षित पराजय बेहोरेको भन्दै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले नेतृत्व परिवर्तनको लागि विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान शुरु गरेका छन् । 

एमालेको मौजुदा विधानको धारा ७३ मा ठोस कार्यसूची र उचित कारण दर्शाइ दुई–तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले लिखित रूपमा विशेष महाधिवेशनको माग गर्न सक्छन्। उक्त माग पत्र दर्ता गरेको मितिले ६ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक प्रावधान छ।

ad

विगतदेखि नै नेतृत्व परिवर्तनको आवाज उठाइरहेका इतर समूह र केही युवा नेताले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान शुरु गरेका हुन् ।