
काठमाडौं ।वालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग प्रत्यक्ष छलफल गर्दै जनताका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।सिंहदरबारमा शुक्रबार भएको बैठकमा उनले सकेसम्म छिटो समस्या समाधान गर्ने आश्वासन दिएका हुन्।
नवलपरासी बर्दघाट सुस्ता पूर्व–१ का सांसदराजेन्द्र गौतमका अनुसार करिब तीन घण्टा चलेको छलफलमा १५ सांसदले आफ्नो क्षेत्रका विकास, पूर्वाधार तथा जनजीवनसँग सम्बन्धित विषयहरू उठाएका थिए।
स्याङ्जा–२ का सांसदझबिलाल डुम्रेलेसिद्धार्थ राजमार्गको स्तरोन्नति, नदीजन्य स्रोत व्यवस्थापन, कृषि र स्वास्थ्य क्षेत्रका समस्या प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री शाहले सांसदहरूलाई समस्या मात्र नभई समाधानका उपायसहित प्रस्ताव ल्याउन आग्रह गर्दै “जनताको अपेक्षा अनुसार काम गर्न सरकार प्रतिबद्ध छ” भन्ने धारणा राखेका थिए।
सरकारले विभिन्न प्रदेशका जनप्रतिनिधिसँग निरन्तर संवाद गर्दै क्षेत्रगत समस्या पहिचान र समाधानको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।










Facebook Comments