काठमाडाैं । उनन्सत्तरीऔँराष्ट्रिय सहकारी दिवसका अवसरमा रामेछापका सहकारी अभियन्ता र सरोकारवालाले सहकारी आन्दोलन गम्भीर सङ्कटतर्फ उन्मुख भएको बताएका छन्।

जिल्ला सहकारी संघ रामेछापले मन्थलीमा आयोजना गरेको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षजगन्नाथ दाहालले सहकारी सञ्चालन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताए।

ad

“सहकारीलाई सुशासनयुक्त र अनुशासित बनाउन सकिएन भने यो अभियान अझ गहिरो सङ्कटमा जान्छ,” उनले भने, “हाल पनि सयौँ सहकारीकर्मीहरू कानुनी झमेलामा परेका छन्, जसले अभियानप्रति नै नकारात्मक सन्देश दिएको छ।”

उनले विगतजस्तो ढंगले सहकारी सञ्चालन सम्भव नरहेको उल्लेख गर्दै नीति, विधि र पारदर्शितामा आधारित व्यवस्थापन आवश्यक भएको बताए। “अब सहकारीमा लाग्नेहरू नै डर र अन्योलमा छन्, निर्दोष व्यक्तिसमेत फस्ने जोखिम बढेको छ,” उनले थपे।

कार्यक्रममामन्थली नगरपालिकाका प्रमुखलब श्रेष्ठले सहकारीको मूल उद्देश्य साना किसान, उद्यमी र ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउनु रहेको स्मरण गराए।

“कमजोर नेतृत्व र व्यवस्थापनका कारण सहकारीहरू समस्यामा परेका छन्,” उनले भने, “अब दक्ष जनशक्ति, वित्तीय अनुशासन र सदस्यको बचतको सही उपयोगमा विशेष ध्यान दिनुपर्छ।”

दिवसको अवसरमा प्रभातफेरी, प्रवचन तथा सहकारीसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिएको थियो।हिमाल ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी अभियन्ता, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

सहकारी क्षेत्रमा देखिएका पछिल्ला अनियमितता र विश्वास संकटका कारण सुधारको आवश्यकता झनै तीव्र बनेको सहभागीहरूको निष्कर्ष थियो।