काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले अहिले पार्टीमाथि चौतर्फी षडयन्त्रपूर्ण हमला भइरहेको दाबी गर्दै पार्टीको ऐतिहासिक पृष्ठभूमिलाई नबिर्सन र लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्न सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘नेकपा (एमाले) को रक्षाका लागि’ शीर्षकमा एक स्टाटस लेख्दै नेता पोखरेलले आफ्नो मति अनुकूल परिस्थितिलाई बुझ्ने मुर्खता नगर्न पार्टी नेतृत्वलाई आग्रह समेत गरेका छन्।

ad

उनले लेखेका छन्–
नेकपा (एमाले) आफ्नो स्थापना कालदेखिनै, प्रतिकूलताहरूसित जुद्धै  सुसंगत विचार स  व्यवस्थित विधि र पद्धति, सामूहिक नेतृत्व प्रणाली,  पार्टीभित्र नियन्त्रण अनि सन्तुलनको व्यवस्थित अभ्यासका आधारमा  सुदृढ हुंदै आएको संगठनात्मक  संजाल  आत्मसमीक्षा  तथा आलोचनात्मक चेतबाट निर्देशित हुंदै आएको पार्टी हो । यिनै कुराबाट प्राप्त उर्जा र शक्तिको बलमा यसले  जनताको विचमा आफ्नो हैसियत स्थापित गर्दै आएको हो । यिनै यिनै कुराबाट नेकपा ९एमाले०ले आफ्नो ओजस्विता र जीवन शक्तिप्रति गर्व गर्दै आएको पनि हो । २०८२ मंसीरमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा , थुप्रै अप्ठ्याराहरूका विचमा , यिनै विषयलाई नयां उचाइबाट स्थापित गर्नुपर्छ भन्ने विषयमा विशेष जोड दिदै , पार्टीलाई नयां जीवन र गति दिने उद्देश्यका साथ गंभीर वहस र छलफलको पहल र प्रयत्न भएको पनि हो । नेकपा (एमाले) का सबै जिम्मेवार नेता, कार्यकर्ता, समर्थकर शुभचिन्तक ले नेकपा (एमाले) को जीवनसित अविछिन्न रूपले गांसिएको यो पृष्ठभूमिलाई कहिल्यै बिर्सनु हुने छैन ।यिनै चीजको निरन्तरतामा मात्र हामीहरू अगाडि बढ्न सक्छौं , हामीमाथि अहिले भइरहेका चौतर्फी षडयन्त्रपूर्ण हमलाको मुकाविला गर्दै लडेको ठाउंबाट धुलो टक्टक्याउंदै उठ्न सक्छौं ! 
 सिद्धान्तहीन सत्ता स्वार्थ, यसैबाट निर्देशित हुंदै प्रकट हुने सत्ता अवसरवाद , आत्मकेन्द्रीत भई प्रकट हुने अभिव्यक्तिहरू , विधि र पद्धति विपरित गतिविधिहरू अत्यन्त हानिकारक विषय हुन् । यी कुराबाट बच्दै पार्टीलाई नेपाली जनताको प्रिय पार्टी बनाउन, यसलाई नयां स्तरमा गतिवान बनाउन एकतावद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । गतिलाई बुझ्नैपर्छ । ,  विकसित परिस्थिति अनुसार आफ्ना चिन्तनर व्यवहारमा सुधार गरौं  !  आफ्ना  (बिग्रिएका)  मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं ! गति अनुसार मति सपार्ने काममा लागौं  !  सिंगो एमाले पंक्तिले यो कुरा बुझौं  !!   अहिले चुनौतीको भूंवरीमा परेको एमालेलाई यसरी मात्र बचाउन सकिन्छ( यसरी मात्र रक्षा गर्न सकिन्छ !!